ग्लोबल साउथ सम्मेलन: प्रधानमन्त्री मोदीद्वारा डिजिटल पूर्वाधारको महत्वमा जोड


|

ग्लोबल साउथ सम्मेलन: प्रधानमन्त्री मोदीद्वारा डिजिटल पूर्वाधारको महत्वमा जोड
प्रधानमन्त्री मोदी: भारतको जी-२० अध्यक्षतामा बनाइएको ग्लोबल डिजिटल सार्वजनिक पूर्वाधार भण्डार पहिलो बहुपक्षीय सहमति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको समावेशी विकासमा योगदानलाई क्रान्तिकारी घटनाका रूपमा हाइलाइट गर्दै, शनिबार (अगस्ट १७, २०२४) ग्लोबल साउथमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको प्रसारलाई तिव्रता दिन समाजिक प्रभाव कोषको महत्त्वलाई दोहोर्या२ए।

प्रधानमन्त्री मोदीले भर्चुअल फर्म्याटमा आयोजित ग्लोबल साउथ समिट ३.० को उद्घाटन सत्रमा आफ्नो उद्घाटन सम्बोधनमा भारतले उक्त कोषमा प्रारम्भिक योगदानस्वरूप २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने बताए। 

प्रधानमन्त्री मोदीले भने, “समावेशी विकासमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको योगदान कुनै क्रान्तिभन्दा कम छैन।” उनले भारतको जी-२० अध्यक्षतामा सिर्जना गरिएको ग्लोबल डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर रिपोजिटरीलाई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा पहिलो बहुपक्षीय सहमति भएको उल्लेख गरे। प्रधानमन्त्री मोदीले भारत स्ट्याक साझेदारीका लागि ग्लोबल साउथका १२ साझेदारहरूसँग सहमति भएको पनि बताए।

प्रधानमन्त्री मोदीले घोषणा गरे, "ग्लोबल साउथमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको तिव्रताका लागि हामीले समाजिक प्रभाव कोष निर्माण गरेका छौं। भारतले उक्त कोषमा प्रारम्भिक २५ मिलियन अमेरिकी डलर योगदान गर्नेछ।"

'युद्ध परिस्थितिले चुनौतीहरू खडा गरेको छ'
प्रधानमन्त्री मोदीले बैठकको समयमा अहिलेको अनिश्चितताको वातावरणलाई इंगित गर्दै भने, "विश्व अझै पनि कोभिडको प्रभावबाट पूर्ण रूपमा बाहिर आएको छैन। अर्कोतर्फ, युद्ध परिस्थितिले हाम्रो विकास यात्रामा चुनौतीहरू खडा गरेको छ।"

प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका चुनौतीहरू, स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षा, र ऊर्जा सुरक्षाको चिन्ता, आतंकवाद, उग्रवाद र विखण्डन, प्राविधिक विभाजन, र प्रविधिसँग सम्बन्धित नयाँ आर्थिक तथा सामाजिक चुनौतीहरूको बारेमा जोड दिए। 

उनले थपे, "गत शताब्दीमा निर्माण गरिएका विश्वव्यापी शासन र वित्तीय संस्थाहरू यस शताब्दीका चुनौतीहरूको सामना गर्न असक्षम छन्।"

प्रधानमन्त्री मोदीले ग्लोबल साउथका सबै देशहरूसँग भारतका अनुभव र क्षमताहरू साझा गर्न प्रतिबद्धता दोहोर्या्उँदै, आपसी व्यापारको प्रवर्द्धन, समावेशी वृद्धि, दिगो विकासका लक्ष्यहरूको प्रगति, र महिला नेतृत्वको विकासलाई प्राथमिकता दिएको बताए। उनले भने, "पछिल्ला केही वर्षहरूमा, हाम्रो आपसी सहयोग पूर्वाधार, डिजिटल र ऊर्जा सम्पर्कद्वारा थप सुदृढ भएको छ।"

जी-२० मा ऐतिहासिक परिवर्तन र अफ्रिकी संघको स्थायी सदस्यता

प्रधानमन्त्री मोदीले स्मरण गराउँदै भने, "२०२२ मा जब भारतले जी-२० अध्यक्षता ग्रहण गर्योत, हामीले जी-२०  लाई नयाँ रूप दिने संकल्प गर्यौंा। ग्लोबल साउथ समिट यस्तो प्लेटफर्म बन्यो जहाँ हामीले विकाससँग सम्बन्धित समस्याहरू र प्राथमिकताहरू खुला रूपमा छलफल गर्यौं्। र भारतले ग्लोबल साउथको आशा, आकांक्षा र प्राथमिकताहरूको आधारमा जी-२० एजेन्डा डिजाइन गर्योथ।"

प्रधानमन्त्री मोदीले अफ्रिकी संघले जी-२० मा स्थायी सदस्यता प्राप्त गरेको ऐतिहासिक क्षणलाई ठूलो उदाहरणको रूपमा उल्लेख गरे।

प्रधानमन्त्री मोदीद्वारा आयोजना गरिएको उद्घाटन सत्रमा राज्य र सरकारका प्रमुखहरूको सहभागिता थियो, भने शिखर सम्मेलनमा ग्लोबल साउथका लागि प्रासंगिक विषयमा केन्द्रित १० मन्त्रीस्तरीय सत्रहरू पनि समावेश गरिएका छन्।

यो शिखर सम्मेलनमार्फत भारतले ग्लोबल साउथका लागि एउटा स्थायी प्लेटफर्मको संस्थागत विकास गर्न चाहन्छ, जसले उनीहरूको चुनौतीहरूको समाधान गर्न र अधिक समावेशी र दिगो विश्वव्यवस्थाको लागि काम गर्न मद्दत पुर्यासउनेछ। शिखर सम्मेलनको संस्थागत विकासले अन्तर्राष्ट्रिय मञ्चहरूमा ग्लोबल साउथका चासोलाई उपेक्षित नगर्ने भारतको व्यापक प्रतिबद्धताको पनि प्रतिबिम्बित गर्दछ।

भारत-नर्वे व्यापार मञ्चले आर्थिक सम्बन्धलाई सुदृढ गर्दै, क्षेत्रीय अवसरहरूको अन्वेषण
भारत-नर्वे व्यापार मञ्चले आर्थिक सम्बन्धलाई सुदृढ गर्दै, क्षेत्रीय अवसरहरूको अन्वेषण
भारतको रणनीतिक फाइदाले यसलाई नवप्रवर्तन र वृद्धिको वैश्विक केन्द्र बनाएको छ, पियूष गोयलको भनाइ
|
संस्कृतिक सम्बन्ध: लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवले साझा बौद्ध धरोहरको उत्सव मनायो
संस्कृतिक सम्बन्ध: लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवले साझा बौद्ध धरोहरको उत्सव मनायो
महोत्सवले दुबै राष्ट्रहरूको ऐतिहासिक र आध्यात्मिक सम्बन्धको दिगो महिमा प्रदर्शन गर्यो।
|
इस्रायल र इरानबीचको तनावले भारतलाई चिन्तित बनायो: परराष्ट्रमन्त्री जयशंकर
इस्रायल र इरानबीचको तनावले भारतलाई चिन्तित बनायो: परराष्ट्रमन्त्री जयशंकर
ध्रुवीकृत विश्वको बेला राजनीतिक कूटनीतिक सहकार्यमा जोड: परराष्ट्रमन्त्री एस. जयशंकर बहराइनको मानामा शहरमा आयोजित २०औं संस्करणको आईआईएसएस मानामा संवादमा आइतवार (डिसेम्बर ८, २०२४) भारतका विदेश मन्त्री एस जयशंकरले इजरायल र इरानबीचको सम्बन्ध वा त्यसको अभाव क्षेत्रीय चिन्ताको मुख्य कारण भएको बताएका छन्। यस वर्षको मानामा संवादको विषयवस्तु "मध्यपूर्वीय नेतृत्त्वद्वारा क्षेत्रीय समृद्धि र सुरक्षाको आकार" रहेको छ।
|
परराष्ट्रमन्त्री जयशंकर मणामा: भारत र बहरीनले अन्तरिक्ष, फिनटेक र प्रविधिमा नयाँ अवसरहरूको छलफल गरे
परराष्ट्रमन्त्री जयशंकर मणामा: भारत र बहरीनले अन्तरिक्ष, फिनटेक र प्रविधिमा नयाँ अवसरहरूको छलफल गरे
परराष्ट्रमन्त्री जयशंकरले बहरीनसँगको सहकार्यको विकासमा भारतले प्राथमिकता दिने कुरा पुष्टि गरे
|
भारतले बंगलादेशसँग सकारात्मक, रचनात्मक, र आपसी फाइदाजनक सम्बन्ध चाहन्छ: परराष्ट्र सचिव मिश्र
भारतले बंगलादेशसँग सकारात्मक, रचनात्मक, र आपसी फाइदाजनक सम्बन्ध चाहन्छ: परराष्ट्र सचिव मिश्र
परराष्ट्र सचिव मिश्रले बंगलादेशमा अल्पसंख्यक समुदायहरूको सुरक्षा र कल्याणको बारेमा भारतको चासो पनि व्यक्त गरे
|